1595286439_606956_noticia_normal.jpg

काठमाडौं –युभेन्टस तथा पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले आफू अझै ‘धेरै वर्ष’ फुटबल खेल्नेमा आशावादी रहेको बताएका छन् । विश्वकप फुटबलको उपाधि जित्ने सपना जिवितै रहेको र त्यो आउँदा वर्षमा पूरा हुनेमा पनि आफू सकारात्मक रहेको उनले बताएका छन् । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो यो सिजन इटालियन सिरी ए फुटबलमा सर्वाधिक गोलकर्ता हुन् । ३५ वर्षका रोनाल्डोले अब राष्ट्रिय टिमबाट ७ गोल गरेमा उनी विश्वका सर्वकालीन सर्वाधिक गोलकर्ता बन्ने छन् । उनले इरानका अली दाइले १ सय ९ गोल गरेर बनाएको कीर्तिमानसँग बराबरी गर्ने छन् ।

रोनाल्डोले भनेका छन्, ‘उमेरले खासै अर्थ राख्दैन । अर्थ राख्ने भनेको मनस्थितिले हो ।’ ‘क्रिष्टियानो रोनाल्डो राम्रो अवस्थामा छ भने यसले (उमेर) अर्थ राख्दैन । भोलि के हुन्छ कसैलाई थाहा छैन, म वर्तमानमा जिउने गर्छु । वर्तमान राम्रो छ । म खुशी छु । फिट र जिवनको राम्रो समयमा छु जस्तो लाग्छ । म धेरै वर्ष खेल्न चाहन्छु, तर के हुन्छ कसैलाई थाहा छैन ।’