Covid-19 death-1595785336.jpg

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै देशभर कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । र देशभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार ७ सय ३१ जना कोरोना भाइरस सङ्क्रणलाई जितेर घर फर्किएका छन् । हालसम्म निको हुनेको सङ्ख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । हाल देशभर ६ हजार ३ सय ९६ जना सक्रिय सङ्क्रमित रहेका छन, भने ३ सय ६५ जना क्वारेन्टिनमा रहेका छन् ।