photo.jpg

काठमाडौं – संसद विघटनको विरोधमा (नेकपा)को प्रचण्ड–नेपाल समूहले काठमाडौंमा प्रदर्शन गरिरहेको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको आयोजनामा काठमाडौंमा विभिन्न स्थानमा विरोध ¥याली भइरहेको छ । प्रचण्ड, नेपाल, झलनाथ खनाल, योगेश भट्टराई लगायतका नेताहरु सुन्धारा, रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय हुँदै भृकटीमण्डपमा पुगेर सभामा परिणत गर्ने भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई टुक्रा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सत्तामा बसेर आफ्नो दृढ अडान लिइरहेको छ भने प्रचण्ड–नेपाल नेतृत्वको नेकपा विरोध ¥याली सहित सडकमा उत्रिएको छ । प्रचण्ड–नेपाल समूहले ५० हजार भन्दा धेरै नागरिक सडकमा उतार्ने भनेता पनि अहिले भैरहेको विरोध ¥याली प्रदर्शनमा भने नागरिकको सहभागिता कम देखिन्छ ।