1570789661_.jpg

काठमाडौँ – सुनको मूल्य आज मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ४ सय रुपैयाँ थियो । यस्तैगरी चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।