cold tempreture photo.jpg

काठमाण्डौं— देशको राजनीतिक तातिरहेको बेला काठमाण्डौंको तापक्रम भने यस वर्षकै कम १ दशमलब १ डिग्रीमा झरेको छ । केहीदेखि देशका विभिन्न भागहरुमा मौसममा बदली आएको मौसमविद् सजिना शाक्यले जानकारी गराउनु भएको हो । मौसमविद् शाक्यका अनुसार रातको समयमा तापक्रम घटेर १ दशमलब १ पुगेको हो । यस अघि उपत्यकाको त्यूनतम तापक्रम १ दशमल ३ डिग्री सेल्सियस थियो ।

काठमाण्डौं उपत्यकामा आजको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने छ भने उपत्यका लगायत देशका विभिन्न भागहरुमा हुस्सुलाग्ने र दिउँसो मौसममा सुधार हुने मौसम विभागले जनाएको छ ।