waiden us prisedent 2077.jpg

अमेरिकाका लागि हालै निर्वाचित राष्ट्रपति जो वाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका कारण अमेरिकी सुरक्षाका महत्वपूर्ण एजेन्सीहरुलाई गम्भीर धक्का लागेको आरोप गराएका छन् । राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीतिका सल्लाहकारहरुको ब्रिफिङ्गपछि बाइडेन ट्रम्पमाथि आक्रामक रुपमा खनिएका हुन् ।नवनिर्वाचित राष्ट्रपति वाइडेनले ‘आफ्नो टिमले राष्ट्रपति ट्रम्प प्रशासनबाट आवश्यक जानकारी प्राप्त नगरेकोे बताएका छन् । रक्षा मन्त्रालयबाट आवश्यक जानकारी नपाउँदै आफ्नो अन्तरिम टिमलाई काम गर्न कठिन भएको भनेका छन् । तर अमेरिकी रक्षा मन्त्रालयले भने पेन्टागन राष्ट्रपति बाइडेनको टिमसँग ‘पूर्णरुपमा पारदर्शी’ रहेको बताए । नव निर्वाचित राष्ट्रपति जो बाइडेनको सोमबारको टिप्पणीपछि कार्यबाहक रक्षा मन्त्री क्रिष्टोफर मिलरले बाइडेनको अन्तरिम टिमलाई सहयोग गर्नका लागि सक्दो व्यवसायिक रुपमा काम गरिरहेको बताएका छन् ।

गतको नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएका थिए । अमेरिकाले आगामी जनवरी २० तारिका दिन नयाँ राष्ट्रपतिको रुपमा ७८ वर्षीय जो वाइडेनलाई पाउने छ । वाइडेनले उक्त दिन शपथ गरी नयाँ राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।