congress 2077.jpg

काठमाडौं— आज नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा देशभर प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशका सबैं अर्थात् १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । विरोधकै क्रममा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरको थिमीमा सम्बोधन गर्नु भएको छ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक बाटो अपनाएर संसद् विघटन गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

यसैगरी काठमाडौंको क्षेत्र नम्बर १ मा पनि कांग्रेस कार्यकर्ताले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । उक्त क्षेत्रबाट निर्वाचित कांग्रेस नेता प्रकाशमान श्रेष्ठको कार्यालय विजुलीबजारबाट निस्केको जुलुसले विभिन्न नारा लगाउँदै बानेश्वर चोक पुगेको थियो ।