दोस्रो चरणको सुरुङमार्ग निर्माणका लागि पोली चग्डा इन्जिनियरिङ कम्पनी मात्र सङ्क्षिप्त सूचीमा सूचीकृत भएको छ ।

दोस्रो चरणको सुरुङमार्ग निर्माणका लागि पोली चग्डा इन्जिनियरिङ कम्पनी मात्र सङ्क्षिप्त सूचीमा सूचीकृत भएको छ ।

काठमाडौं —तराई मधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै हाई ब्रिज निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सुचिमा छनोट भएका छन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले पहिलो चरणको सुरुङमार्ग निमाणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कपोरेसन लिमिटेड र पोली चग्डा इन्जिनियरिङ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारी दिनुभयो । सूचिकृत भएका कम्पनी चीनकै उत्कृष्ट १० निर्माण कम्पनीमध्येका हुन् । द्रुतमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ । दोस्रो चरणको सुरुङमार्ग निर्माणका लागि पोली चग्डा इन्जिनियरिङ कम्पनी मात्र सङ्क्षिप्त सूचीमा सूचीकृत भएको छ । छनोट हुने कम्पनीले ट्विन डबल लेन मापदण्ड (स्ट्यान्डर्ड) को सुरुङमार्ग हाई ब्रिज र हाई ब्रिजसँगैका केहि भाग द्रुतमार्गको समतल भागसमेत निर्माण गर्ने छन उहाँले भन्नुभयो । सुरुङमार्ग निर्माणका लागि आहवान गरिएको प्रि—क्वालिफिकेसन को बोलपत्र आहवान पछि सुरुङमार्ग निमाएणका लागि पहिलो प्याकेजमा २१ र दोस्रो प्याकेजमा २२ गरी ४३ वटा अन्तराष्ट्रिय कम्पनीले इच्छा देखाएको थियो । ती कम्पनीमध्ये दुई चिनियाँ निर्माण कम्पनी सङ्क्षिप्त सूचिमा सूचीकृत हुन सफल भएका छन् । बोलपत्र पेस गरेका ४३ अन्तर्राष्ट्रिय कम्पनीमध्ये दुईवटा चिनियाँ कम्पनीले मात्र मापदण्ड पूरा गर्न सकेकाले ती कम्पनी सूचीकृत चएको सैनिक प्रवक्ता पौडेलले स्पष्ट पार्नु भयो । त्यसअघि ४३ कम्पनी मध्य १५ वटा कम्पनीले पहिलो र दोस्रो चरणको सुरुङ निर्माणका लागि बोलपत्र पेस गरेका थिए । सुरुङमार्ग निर्माण गर्न दुई खण्डमा प्रिक्वालिफिकेसन का लागि ३० फागुन २०७६ मा बोलपत्र आहवान गरिएको थियो । सङ्क्षिप्त सूचिमा सूचिकृत चिनियाँ कम्पनिलाई डिजाइनसहितको (बिड) डकुमेन्ट दिइने र त्यस पछि ती कम्पनीले आथिक र प्राविधिक प्रस्ताव पेस गर्ने चर्चा गर्दै उहाँले भन्नु भयो , मूल्यमङकनमा आथिक र प्रँविधिक प्रतावले सुरुङर्माग निर्माणका लागि उपयुक्त देखिएपछि यी कम्पनी छनोट हुने छन् र तिनीहरुलाई आशयपत्र दिई सम्झौता भई सुरुङमार्ग निर्माणको काम सुरु हुने छन् । अहिले अन्तर्राष्ट्रिय परामर्शदाताद्धारा बिड डकुमेन्ट निर्माण कार्य भईरहेको बताउदै उहाँले सूचिकृत भएका कम्पनीलाई बोलपत्र दिएको ४५ दिन भित्र ती कम्पनीले आर्थिक र प्राविधिक प्रस्ताव पेस गरिसक्नुप्रर्ने स्पष्ट पार्नुभयो । कम्पनी छनोटको सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी वर्षको वैशाखदेखि सुरुङमार्ग निर्माणको काम सुरु हुने सैनिक प्रवक्ता पौडेलले बताउनुभयो । दुई लेन स्ट्यान्डडैको एक्सप्रेस वे हुने यो सुरुङमागैको निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलबाट गर्न लागिइको हो । त्यस परियोजना डिजाइन इन्जिनियरिङ , निर्माण र सञ्चालनको काम निर्माण कम्पनी आफैँले गर्नुपर्नेछ ।

पहिलो चरणमा छोक्रेडाँडादेखि महादेव खोल्सीसम्मको तीन किलोमिटरको सरुङमार्ग निर्माण गरिने छ भने दोस्रो चरणमा धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म एक किलोमिटर ३७० मिटरको तथा लेलडाँडामा बन्ने सुरुङ घट्टेपाखादेखि बाँदरेखोलसीसम्म एक किलोमिटर चार सय मिटरको सुरुङ्र्माग निर्माण गरिने छ । कुल छ किलोमिटर ४१५ मिटरको तीनवटै सुरुङ मकवानपुरमा प्रर्ने छन । मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो द्रुतमार्गको ५३ किलोमिटर सडकखण्ड मकवानपुर, चार किलोमिटर काठमाडौं, सात किलोमिटर नौ सय मिटर ललितपुर र सात किलो मिटर छ सय मिटर बारामा पर्नेछ । एसियाली राजमार्ग डिजाइन मापदण्डअनुसार निर्माण भइरहेको यो द्रूतमार्गको कुल लम्बाइ ७२ दशमलव पाँच किलोमिटर हुनेछ । मन्त्रिपरिषद्का २०७४ वैशाख २१ गतेको बैठकले द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । २०७६ भदौ १ गते स्वीकृत गरिइको यो द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यस आयोजनाको अनुमानित लागत एक खर्ब ७५ अर्ब रुपियाँ रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा द्रुतमार्गको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी काम भइरहेको सेनाले जनाएको छ ।