Taliwani force 2077.jpg

काठमाडौं— तालिवान र अफगान सरकारका बीच आगामी जनवरीको पहिलो साता अर्को चरणको शान्तिवार्ता हुने भएको छ । यस अघि कतारको दोहामा पहिलो चरणको वार्ता भएको थियो । एएफपीले जनाए अनुसार तालिवान समूहले सुरक्षाको कारण देखाउँदै अफगानिस्तामा बसेर वार्ता गर्न आनाकानी गरिहरेको छ । गत सेप्टेम्बर १२ तारिखका दिन तालेवार अपगानिस्तानी सरकारबीच कतारको दोहास्थित एक होटलमा बार्ता भएको थियो । केही मुलुकहरुले वार्ताको लागि मध्यस्थता गर्न खोजे पनि कोपभड–१९ को महामारीका कारणले पहिले गरिएको प्रस्तावलाई अघि बढाउन ढिलो भएको हुँदा दोस्रो चरणको वार्ताका लागि सन् २०२१ जनवरी ६ का दिन वार्ता गर्ने मिति तय भएको छ ।

अफगानिस्तानी सरकार र तालिवानी वार्ता टोलीका बीच महिनौदेखिको वार्ताले कुनै निकास दिन नसकेपछि बैठकलाई डिसेम्बरमा केही समयका लागि स्थगित गरेका थिए । छलफल र धार्मिक व्याख्याको आधारभूत ढाँचामा दुई समूहबीचको विवाद समाधान तिर जान नसकेपछि वार्ता अवरुद्ध भएको थियो । अफगानी सरकार र तालिवानबीच भएको शान्तिवार्ताबाट तालिवान र वासिङ्टनबीच गत वर्षको फेब्रुवरीमा हस्ताक्षर महत्वपूर्ण अमेरिकी सेना फिर्तासम्बन्धी सम्झौता पछ्याउने छ । सम्झौता अनुसार आगामी वर्षको मे महिनामा सबै विदेशी सैनिकहरु अफगानिस्तानबाट फिर्ता हुने छन् ।