coronavirus_20200320092955.jpg

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ ।

हाल देशभर ६ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन् । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजा ८ सय २५ पुगेको छ ।