kkk.jpg

दाङ — लुम्बिनी प्रदेशले शनिबार प्रदेश २ लाई सजिलै नौ विकेटले हराएर महिला प्रधानमन्त्री कप टी—ट्वानटी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निधारित २० ओभरमा सात विकेट गुमाएर ७७ रन बनाएको थियो । लुम्बिनीले सामान्य लक्ष्य १६.१ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको सहज जितमा गिता गोसाईले सर्वाधिक २३ रनको योगदान दिनुभयो । गीताले अन्त्यसम्म क्रिजमा रहेर ४२ बलको सामना गर्दै दुई चौका प्रहार गर्नूभयो । यसैगरी, सरस्वती घर्ती मगरले बनाएको २२ रन पनि उल्लेखनीय रहयो । सरस्वती ११.६ ओभर टिमको स्कोर ५३ रन हुँदा कवित र्गाैतमको बलिङमा आउट हुनुभयो । उहाँले ४२ बलको सामना गरेर एक चौका प्रहार गर्नुभयो लुम्बिनीकी कप्तान नेरी थापाले अविजित रहँदै १५ रन बनाउनु भयो । यस अघि, प्रदेश २ का लागि प्रारम्भिक ब्याटर अनुराधा चौधरी र सना प्रविनले समान २१—२१ रन बनाउनु भएको थियो । यी दुई बाहेक विमला मगर (१० रन) मात्र दोहोरो अङ्कमा रन बनाउने अर्की ब्याटर हुनुहुन्थ्यो । लुम्बिनी प्रदेशकी सुष्मिता भुसालले सर्वाधिक चार विकेट हात पार्नुभयो ।

यसैगरि कप्तान नेरी, स्वस्तिका बजगाई र गीता गोसाईले पनि विकेट लिनुृभयो । सुस्मिता सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । दौस्रो खेलमा एपीएफले कर्णालि प्रदेशलाई नराम्ररी २०४ रनले हरायो । पहिलो ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३५ रन बनाएको थियो । कप्तान सीता राना मगरले ५९ बलमा आठ चौका सहित सर्वाधिक ६८ रन बनाउनुभयो । यसैगरी, सरिता मगरले ३४ बलमा ४४ रन र ज्योति पाण्डेले ३० बलमा ३२ रनको योगदान दिनुभयो । इन्द बर्मले पनि १२ बलमा २२ रन बनाउनुभयो । कर्णालीका लागि दीक्षा पुरीले दुई र निशा पराजुलि तथा अन्जु गुरुङले एक—एक विकेट लिनुभयो । कणालिले अतिरिक्तको रुपमा मात्र ६७ रन खर्चेको थियो । जसमा ४१ वाइड र १८ नोबेल सामेल थियो । कर्णालीले विशाल लक्ष्य पछ्याउने क्रममा १४.१ ओभरमा ३१ रन सीमित भयो । कप्तान लक्ष्मी रिमालले बनाएको ६ रन नै कर्णालीका लागि सर्वाधिक व्याक्तिगत योगदानको रुपमा रहयो । एपीएफका लागि करुणा भण्डारीले ३.१ ओभरमा मात्र दुई रन खर्चेर पाँच विकेट लिनुभयो ।