प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले आगामी माघ ७ गते दिउँसो २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिनुभएको छ । प्रदेशसभाको बजेट अधिवेशनको बैठक गत साउन ९ गते बसेको थियो ।