काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन भयो भने यस पटक निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण छ । नोवेल कोरोना भाइरसका कारण निर्वाचन खर्च बढ्ने आयोगले प्रक्षेपण गरेको हो ।
निर्वाचनको घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक बजेट तयार पार्नको लागि गृहकार्य अगाडि बढाएको छ । आयोगका अनुसार निर्वाचनका लागि आवश्यक अन्य सामग्रीहरु बजार मूल्य पनि बढेको र कोभिड—१९ का कारण थप स्वास्थ्य सामाग्रीहरु बढने भएकाले बजेटको आकार बढ्ने छ ।निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइखबरसँग भन्नु भयो । कोभिडका कारण सामाजिक दुरी कायम गरेर निर्वाचन गर्नुपर्ने र मतदान केन्द्रमा स्वास्थ्य सामग्रीहरु पनि खरिद गर्नुपर्ने भएकाले त्यो अतिरिक्त खर्च हुनेछ ।’