ser dha rai photo.jpg

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण सङ्घीय संसद् विघटनसँगै गणतन्त्र नै धराप पर्ने देखिएको छ । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि देशमा राजनीतिक अन्योल र अस्थिरता बढेको छ । यसको प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ । शुक्रबार बाग्मती प्रदेशका मुख्यमन्त्री विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएसँगै त्यसको झिल्को सबै प्रदेशमा पुगेको छ । यसै अनुरुप प्रदेशमा पनि मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हँुदैछ । अविश्वासको प्रःताव दर्ताकै विषयमा मुख्यमन्त्री शेरधन राईले हिजो शनिबार नेकपा अध्यक्ष प्रचण्ड–माधव समुहका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेपछि यो अवस्था आएको हो ।

प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै जाँदा राजनीतिक समीकरणमा नेपाली कांग्रेसको बैशाखी टेकेर प्रदेश सरकारमा नयाँ मुख्यमन्त्री बनाउनु पर्ने अवस्था आउँछ । सबै प्रदेशमा यस्तै अवस्था आउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी अर्को असंवैधानिक कदम उठाउने खतरा पनि त्यति नै छ । अहिलेको राजनीतिक अवस्थाले देशको सङ्घीय शासन प्रणालीलाई नै ध्वस्त बनाउन प्रधानमन्त्री ओली पछि नहट्ने सम्भावना पनि त्यति नै छ । राजनीतिक प्रतिशोधका कारण जनताको बलिदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि यतिबेला कालो बादल मडारिएको छ । यदि प्रदेशसभा विघटन र सङ्घीयता नै खारेजिको अवस्था आयो भने देश पुनः आन्दोलनको भूमरिमा जकडिने छ र वैदेशिक शक्तिकेन्द्रको त्रृmडास्थल बन्नेमा कुनै सन्देश छैन ।