china production photo.jpg

विश्वको वादशाह ठानिएको अमेरिकी अर्थतन्ध केही वर्षदेखि निरन्तर ओरालो लाग्दै गएको छ । कुनैबेला विश्व अर्थतन्त्रको ५२ प्रतिशतसम्म हिस्सा ओगटेको अमेरिकी अर्थतन्त्र एसियाली देशहरुले गरेको आर्थिक विकासले प्रभावित बन्न पुगेको छ । विशेष गरी पछिल्लो दशकमा चीनले गरेको आर्थिक विकासले अमेरिकी अर्थतन्त्रलाई धक्का पुगेको छ । एक वर्ष अघिमात्र अमेरिका र चीनबीच व्यापार घाटा बढेको बन्दै एकखालको शितयुद्ध नै चल्यो । चीनसँगको अमेरिकी व्यापार घाटा बढ्न जाँदा दुई देशबीच तनाव नै उत्पन्न भएको थियो ।

चीनको आर्थिक विकासको रफ्तारलाई हेर्दा अब केही वर्षमा विश्व अर्थतन्त्रमा उसले पकड जमाउने देखिन्छ । सन् २०२८ मा पुग्दा चीनको अर्थतन्त्रले ठूलो भड्को मार्ने कुरा अएक अध्ययनले सार्वजनिक गरेको छ । बेलायती संस्था सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेश रिसर्च (सिइबिआर) ले भरखरै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको हो । विशेष गरी विश्वलाई नै आक्रान्त बनाएको कोभिड–१९ ले विश्व अर्थतन्त्रलाई नै तहसनहस बनाउने अवस्थामा पुर्याएको छ । यसबीचमा चीनले यो महामारीलाई राम्रोसँग व्यवस्थापन गर्न सकेकोले अमेरिका र युरोपेली राष्ट्रहरुभन्दा चीनको आर्थिक विकासले गतिलिन सकेकोे उल्लेख छ ।

यसैगरी भारत पनि सन् २०३० सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्नेकुरा उक्त प्रतिवेदनले भनेको छ । बेलायतस्थित सिइबिआरले हरेक वर्ष डिसेम्बर २६ मा वार्षिक इकोनोमिक लिग टेबल सार्वजनिक गर्ने गर्दछ । कोभिड–१९ ले सबैभन्दा धेरै अमेरिका र युरोपेली देशहरुलाई थलापारेको छ । चीनले सीपपूर्ण व्यवस्थापनबाट आर्थिक तरलताको अवस्था आउनबाट बचेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२० मा चीनले दुई प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न सक्ने समेत उल्लेख छ । योे महामारीका कारण विश्वभरको अर्थतन्त्र प्रभावित भएको छ ।