gadi photo.jpg

काठमाडौं– यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम पुष १५ गते बुधबार देखि खोल्ने भएको छ । देशमा कोरोना भाइरसको महामारीका कारण सरकारले लकडाउन गरेसँगै बन्द भएको लाइसेन्सको वितरणको काम पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गरेको छ ।

विभागले स्वास्थ्यसम्बन्धी व्यवस्था मापदण्ड परिपालन गर्नेगरी अनलाइन फारम खुला गरिने जनाएको छ । सवारी चालक अनुमति पत्र लिन लामो समयदेखि प्रतिक्षारत व्यक्तिहरुका लागि यो खुशीको खबर बन्न सक्नेछ । सवारी चालक अनुमति पत्र लिने परीक्षाका लागि हजारौंको संख्यामा फारम आउने र परीक्षा सञ्चालनमा समस्या उत्पन्न हुने पनि देखिन्छ ।