pmb.jpg

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच जना नयाँ मन्त्रीहरु थप गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले अहिले साँझ साढे ६ बजे उनीहरुलाई शपथग्रहण गराउने तयारी गरिरहेका छन् ।प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय, प्रभु साहलाई श्रममन्त्री , मणि थापालाई पर्यटनमन्त्री, दावा लामालाई शिक्षामन्त्री र गौरीशंकर चौधरीलाइ खानेपानीमन्त्रीको जिम्मेवारी दिएका छन् । उनीहरु सबैलाई शपथग्रहणका लागि साँझ साढे ६ बजे राष्ट्रपति कार्यालय बोलाइएको छ ।