nepal-2.jpg

काठमाडौं — नेपालमा कोभिड १९ को महामारी विस्तारै कम हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मुलुकभर आज जम्मा ४ हजार १ सय ४२ जनामा पीसीआर परीक्षण गरिएकोमध्ये ६ सय ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ७१ जना पुरुष र २ सय ३७ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म सङ्क्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । जसमा सक्रिय सङ्क्रमितको संख्या ७ हजार ९२ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या ८ सय ९२ रहेको छ । योसगैँ हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ८ जनाको मृत्यु भएको छ । हालसम्म मृतक संख्या १ हजार ८ सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं जिल्लामा २ सय १२ जना, ललितपुरमा ४७ जना र भक्तपुरमा २० जना सङ्क्रमित भेटिएका छन् ।