काठमाडौँ— नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मीठो मीठो कुरा गरेर छुरा रोप्ने संस्कृतिबाट हुर्किएको र अन्तमा आफू पनि त्यो संस्कृति र प्रवृतिबाट पीडित भएको बताउनु भएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले ‘केपी ओलीको मीठो मीठो कुरा गरेर छुरा रोप्ने प्रवृति रहेछ भनेका छन् । त्यसबाट म पनि सिकार भएँ। मैले सुरुमै उहाँले जेजे आग्रह गर्नु भयो त्यो नमानेको भए हुने रहेछ । तर मैले छोड्दा उहाँमा अझै दम्भ भरियो । संसद विघटनदेखि पार्टी विभाजनको कदमसम्म ओली उत्रिनु भयो।’
उहाँले भन्नुभयो , ‘मैले पार्टीको हितका लागि आलोपालो सहमति त्यागेँ । पाँच वर्ष नै प्रधानमन्त्री उहाँलाई छोडिदिए । त्यसरी सहमति त्याग गर्नु मेरो गल्ती थियो। । मेरो कमजोरी समातेर ओलीजीले मलाई र पार्टीलाई अपमान गर्नुभयो ।’ ओलीले म भ्रष्टाचार पनि गर्दिन, गर्न पनि दिन्न भन्दै भित्रभित्रै भ्रष्टाचारीको संरक्षण गरेको प्रचण्डले आरोप समेत लगाउनु भएको छ । यस्तै उनले आफू गल्ती सच्याउने तर ओलीलाई गल्ती दोहो¥याउने नेताका रुपमा पनि चिनाउनु भएको छ ।