nepali-player-.jpg

दाङको लमहीमा शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीतमा भाग लिन चार टिमका खेलाडी यहा आइसकेका छन । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, विभागीय टिम एपिएफ र प्रदेश नं.२ का महिला क्रिकेटर यहाँ आइपुगेका छन् । कोरोना भाइरसका कारण प्रभावित भएको क्रिकेट प्रतियोगीता लामो समयपछि सुरु हुन थालेपछि खेलाडीहरु उत्साहित भएका छन् । कोरोनाले गर्दा खेल हुन्छ की हुदैन भन्ने चिन्ता थियो । कोरोनाले गर्दा देश दुनिया नै ठप्प भयो ।दयनीय अवस्थाबाट बाहिर निस्किीर आएका छौ ं। ७–८ महिना पछी ग्राउण्डमा आउदै छौं’लुम्बिनी प्रदेशकी खेलाडी गिता गोसाइले भनिन–‘पिएम कपले हामीलाई ग्राउण्डमा उत्रने बातावरण दियो ।’कोभिडले गर्दा अभ्यास समेत रोकिएको अवस्था थियो । खेलाडीहरु आ–आफ्नै तरिकाले खेलको अभ्यासमा थिए । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताले नयाँ अवसर दिएकोमा खेलाडीहरु उत्साहित देखिन्छन ्। अभ्यास पनि बन्द थियो ।

पिएम कपको नाम सुन्दा वित्तिकै उत्साहित भयौं ’प्रदेश नं. २ की क्याप्टेन सरस्वती चौधरीले भनिन– कोभिड–१९ को माहोलमा पनि गेम हुदैछ । खुसी छौं।’आठ ओटा टिमलाई दुई समुहमा विभाजन गरिएको छ । ‘ए’ समुहमा एपिएफ, प्रदेश नं. २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन । र ‘वि’ समुहमा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नं. १ छ । दैनिक दुई ओटा प्रतियोगीता हुनेछन् । शनिबार पहिलो खेल विहान ९ बजेबाट हुनेछ ।लुम्बिनी प्रदेश र प्रदेश नं. २ का विचमा विहान खेल हुने छ । दिउँसो १ बजे बाट एपिएफ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । १२ गते आइतबार विहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको विचमा खेल हुनेछ ।

दिउँसोको खेल एपिएफ र प्रदेश नं. २ का विचमा हुने छ । प्रदेश नं. २ र कर्णाली प्रदेशको विच १३ गते खेल हुने छ । दिउँसोको खेल एपिएफ र लुम्बिनी प्रदेशको विचमा हुने छ । यसैगरी १४ गते सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुनेछ । दिउँसोको खेल बागमती प्रदेश र प्रदेश नं. १ का विचमा खेल हुनेछ । सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ को विचमा १५ गते दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुने छ भने १६ गते विहानको खेल सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशको विचमा, दिउँसो गण्डकी प्रदेश र प्रदेश नं.१ को विचमा खेल हुने छ । पुस १७ गते सेमिफाईनल खेल हुने छ । विहान ए गु्रपको विजेता र वि गुप्रको रनर अफको विचमा हुनेछ । दिउँसाको सेमिफाइनल खेल बिजेता गु्रप वि र रनर अफ गु्रप ए का विचमा हुनेछ ।यी दुबै खेलबाट विजेता हुने टिम फाइनलका लागि पुस १९ गते आपसमा भिड्नेछन् । कोभिड–१९ को संक्रमणका विचमा पनि प्रतियोगिता आयोजना गर्न थालिएको छ ।