अष्टलक्ष्मी शाक्य                                                                                             मुख्यमन्त्री डोरमणि पौडेल

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री डोरमणि पौडेल

काठमाडौं —बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएकोे छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भए पछि पछि प्रचण्ड–माधव नेपाल पक्षले मुख्यमन्त्री पौडेलका विरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । मुख्यमन्त्री पौडेल खेमाका हुन् । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । बागमती प्रदेशमा नेकपाका ८० जना सांसद् रहेकामा ४५ जना सांसद्हरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

आजै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रचण्ड–माधव नेपाल समुहले दायाँ बायाँ गरे प्रदेशसभा समेत विघटन गर्ने र उस्तै परे सङ्घीयता नै खारेज गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति इङ्कित गर्दै पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टाराईले केही समय पहिले धुन्धुकारीको संज्ञा दिएका थिए ।


rotopati.jpg


rrrr.jpg