bagmati.jpg

काठमाडौं — बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् । नेकपा विभाजन भएसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो । यसअघि केन्द्र सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।