Prachanda-Madhav-Nepal.jpg

काठमाडौं – प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आजदेखि आन्दोलन सुरु गरेका छन् । केपी ओलीको कदम प्रतिगामी भएको भन्दै प्रचण्ड–माधव पक्षले केन्द्रीय कमिटीको बैठकबाट आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सय सदस्यीय आन्दोलन परिचालन कमिटी निर्माण गरेको छ । शुक्रबार बिहान साढे ९ बजे माइतीघरमण्डलमा भेला भएर प्रदर्शनपछि सांसदहरु सर्वोच्च अदालत जाने भएका छन् । सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेको रिटमा सुनुवाई हुँदैछ । यस्तै १२ बजे निर्वाचन आयोगमा पार्टीका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभा सांसदहरु सहभागी भएर प्रदर्शन गर्दैछन् । प्रचण्ड–नेपाल पक्षले आफूहरु केन्द्रीय कमिटीमा बहुमतमा रहेको भन्दै आफ्नो पक्षले नेकपाको आधिकारिकता पाउने दाबी गर्दै आएका छन् ।