छापावाला सुनको मूल्य ९४ हजार दुई सय रुपैयाँ

छापावाला सुनको मूल्य ९४ हजार दुई सय रुपैयाँ

काठमाडौँ – सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको बिहीबार ९३ हजार ६ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य स्थिर रही तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।