krismas.jpg

काठमाडौँ – इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ आज शुक्रबार विशेष उल्लासका साथ मनाईँदै छ । हरेक वर्ष डिसेम्बर २५ मा विश्वभरका इसाई धर्मावलम्बीहरुले महान पर्वका रुपमा परिवारसँग भेला भएर क्रिसमस डे मनाउने गरेका छन् । यो वर्ष कोरोना भाइरसको महामारीका कारण विश्वभर जस्तै नेपालमा पनि क्रिसमसका अवसरमा भिडभाडयुक्त कार्यक्रम नभए पनि साना समूहहरुमा भेला भएर प्राथर्ना गरी शुभकामना आदानप्रदानका साथ मनाईँदै छ । पछिल्ला वर्षहरुमा नेपालमा गैर इसाईहरुले पनि विशेष रुपमा क्रिसमस मनाउने गरेका छन् ।

क्रिसमसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिद्धारा धार्मिक उत्सव एवम् चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायहरु बिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त भएको छ ।