नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धि अपहरण गर्ने ग्रान्ड डिजाइन प्रधानमन्त्री केपी ओलीले बनाएको तर आफूले त्यसबारे ढिला थाहा पाएको बताउनु भयको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धि अपहरण गर्ने ग्रान्ड डिजाइन प्रधानमन्त्री केपी ओलीले बनाएको तर आफूले त्यसबारे ढिला थाहा पाएको बताउनु भयको छ ।

काठमाडौं—नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धि अपहरण गर्ने ग्रान्ड डिजाइन प्रधानमन्त्री केपी ओलीले बनाएको तर आफूले त्यसबारे ढिला थाहा पाएको बताउनु भयको छ । आफू निकट सदस्यहरुको केन्द्रीय कमिटी बैठकमा बिहीबार अध्यक्ष दाहालले ओलीको कदमबाट आफू दुखी र त्यत्ति नै आक्रोशित भएको पनि बताउनु भएको छ ।उहाले ओलीलाई बुर्जुवा करार गर्दै बुर्जुवाहरु राम्रो अभिव्यक्ति दिन सिपालु भएको पनि बउनु भयो । आगामी १४ गते पेसी राखिनुमा षड्यन्त्रको गन्ध ह्वासै आएको छ,’ दाहालले भन्नु भयो । हामीलाई नेकपा एमाले र नेकपा माओवादीमा फर्काउने गम्भीर डिजाइन भएको छ । नेकपा हाम्रो हो । ४ सय ४५ केन्द्रीय सदस्य दर्ता छन्।

उहाले अराजक तरिकाले ओलीले १हजार १सय ९९ पुयाउनुभएको छ । कुनै षड्यन्त्र मान्नै हुन उहाले केन्द्रीय समिति सदस्यहरुलाई भनु भयो । उहालेले त्यसका विरुद्ध सडक,अदालत र निर्वाचन आयोगमा धर्ना दिने पनि बताउनु भएको छ ।‘के यो देशलाई राजनीतिक अराजकतामा धकेल्न खोजेको हो त? ओलीले रित्याउन खोजेर हुन । यहाँ आधिकारिक पार्टी छ। हामी भूमिगत हुने छैनौ। हाम्रो सहारा माइतीघर मण्डला हुन्छ, उनले भने । ओलीको कदम निरंकुश भएको भन्दै आफूहरु शान्तिपूर्ण आन्दोलनमा जाने बताए। आफूलाई ओलीले बालुवाटारमा एकैछिन पनि नकुरी शीतलनिवास गएको पनि उनले बताए । ठूलो जालझेल भयो । ५ मिनेट ओलीले मलाई कुरेनन । दुई विकल्प लिएर पार्टी बचाउन आउँदै छु भनेर बालुवाटार पुग्दा ससद विघटनको निर्णय गरिसक्नु भएको छ ।