marako.jpg

काठमाडौं — कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका–५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका—१ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो । डा. शर्माका अनुसार तनहुँका कोरोना सङ्क्रमित पुरुषको बुधबार साँझ ५ः२० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्याङजाका कोरोना सङ्क्रमित पुरुषको बुधबार राति ८ः२० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९० पुगेको छ ।