यान्छीद्धारा प्रचण्डलाई पार्टी एकतामा पहल गर्न आग्रह

यान्छीद्धारा प्रचण्डलाई पार्टी एकतामा पहल गर्न आग्रह

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् । नेकपा दुई खेमामा विभाजित भएपछि राजदूत यान्छीे आज बिहान प्रचण्ड निवास पुगेकी हुन् । प्रचण्ड र यान्छीबिच झण्डै आधा घण्टा छलफल भएको स्रोतले जनाएको छ । बिहान ९ देखि साढे ९ बजेसम्म वार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । यान्छीले प्रचण्डलाई पार्टी एकतामा पहल गर्न आग्रह गरेकी छन् ।