बिहान ११ बजे बबरमहलमा हुने भनिएको बैठक सरेर १ बजे हुने भएको

बिहान ११ बजे बबरमहलमा हुने भनिएको बैठक सरेर १ बजे हुने भएको

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड—नेपाल पक्षीय केन्द्रीय समिति बैठक १ बजे बस्ने भएको छ । आज बिहान ११ बजे बबरमहलमा हुने भनिएको बैठक सरेर १ बजे हुने भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ दिने बताइएको छ । यस्तै गरी बैठकमा प्रचण्डले तयार पारेको ४० पृष्ठ लामो जवाफी पत्र र उक्त पत्रको छलफलका लागि बैठकमा पेश गर्ने तयारी भैरहेको छ । यस्तै नेकपाको ओली पक्षीय केन्द्रीय बैठक पनि दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।