oli99.jpg

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का खड्ग प्रसाद शर्मा ओली पक्षले बिहीबार पनि सातै प्रदेशका नेताहरुसँग छलफल तथा उनीहरुका लागि प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । ओली पक्षको प्रशिक्षणमा संसद विघटन गर्नुको कारण, दाहाल–नेपाल समूहले सरकारलाई काम गर्न नदिएको र पार्टी पनि फुटाएको विषय प्राथमिकतामा परेका छन् ।

नेकपाको ओली पक्षले हिजो पनि नयाँ तथा पुराना केन्द्रीय सदस्यसँग परामर्श तथा प्रशिक्षण कार्यक्रम गरेको थियो भने आज बिहीबार पनि त्यसलाई निरन्तरता दिँदैछ । पार्टी बलियो बनाउन र चुनावी जितका लागि प्रशिक्षण गरेको ओली पक्षका एक नेताले बताएका छन् ।