अहिलेसम्म बोलेका केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटनको विरोध गर्दै

अहिलेसम्म बोलेका केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटनको विरोध गर्दै

काठमाडौँ – प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । आफ्ना मत राख्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । जारी बैठकमा अहिलेसम्म बोलेका केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएका छन् ।

केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन संविधानको मर्म विपरीत भएकाले यसको विरोधमा देशव्यापी प्रदर्शन गर्नुपर्ने सुझाव दिनुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकाले आज बस्ने बैठकले देशव्यापी विरोध प्रदर्शनबारे ठोस निर्णय लिने उहाँले बताउनु भएको छ ।प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठकले यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापीरुपमा मनाउने निर्णय पनि गरेको छ ।