nna.jpg

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १, झापामा १०, तेह्रथुममा १, मोरङमा १५, सुनसरीमा ६, धनुषामा ३, पर्सामा ३, महोत्तरीमा १, रौतहटमा १, काठमाडौँमा २ सय५०, काभ्रेमा ११, चितवनमा १८, धादिङमा ६, नुवाकोटमा ११, भक्तपुरमा ३४, मकवानपुरमा १०, रामेछापमा १, ललितपुरमा ३४ र सिन्धुपाल्चोकमा २ जना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुलीमा १ कास्कीमा ७१, गोरखामा १, तनहुँमा १०, नवलपरासीपूर्वमा १, पर्वतमा २, मनाङमा ५, म्याग्दीमा ९, लमजुङमा १७, बाग्लुङमा १४, स्याङ्जामा २, अर्घाखाँचीमा ९, गुल्मीमा १, दाङमा १०, नवलपरासीमा २, पाल्पामा ५, प्यूठानमा १, बर्दियामा ५, बाँकेमा १८, रुपन्देहीमा ४५, जुम्लामा १, सुर्खेतमा ४, अछाममा ६, कञ्चनपुरमा ४२, कैलालीमा ३३, डडेल्धुरामा ३, डोटीमा ३, बझाङमा ३ र बाजुरामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।