puspa kamal.jpg

काठमाडौँ— नेकपाका अध्यक्ष समूह तर्फका प्रतिनिधिसभाका सांसदहरुको बैठकबाट नेकपा संसदीय दलको नेता भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सम्पूर्ण जिम्मेवारी संसद् जीवित राख्न र नयाँ सरकार बनाउन केन्द्रित हुने बताउनु भएको छ् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसलाई अस्वीकार गर्दै आएका अध्यक्ष दाहालले केन्द्रीय कमिटिको बैठकले अध्यक्षबाट ओलीलाई जिम्मेवारीमुक्त गरेपछि आफूले संसदीय दलको नेताको जिम्मेवारी पाएको र आफ्नो ध्यान संसद जीवित राख्न केन्द्रित हुने जानकारि दिनुभयको छ् ।उहाले पुस—८ गते बुधबार दिउँसो देशसञ्चारलाई संक्षिप्त अन्तर्वार्ता दिँदै संसद जीवित राख्न आफ्नो सम्पूर्ण तागत लगाउने बताउनु भयो। ‘यो धेरै ठूलो जिम्मेवारी हो, अब मेरो सबै तागत संसद जीवित राख्न लगाउनेछु।’उहाले आफू संसदीय दलको नेता बनेपछि आफू नयाँ सरकार बनाउन पनि तयारी गर्ने बताउनु भयो ।

यसअघि नेकपाका दाहाल नेपाल पक्षका सांसदहरुको बैठकले नेकपाका अध्यक्ष दाहाललाई नेकपा संसदीय दलको नेता पदमा चयन गरेको थियो।