काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिना अघि शिलान्याश गर्नु भएको नागढुङ्गादेखि सिस्नेखोला जोडने सुरुङमार्गको निर्माण कार्य सुरु भएको छ । दुई दशमलव ६८ किलोमिटर लम्बाई रहेको उक्त सुरुङमार्ग वि.सं. २०७९ साल ( सन् २०२२ अन्त्य) पुष १५ सम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
गत वर्ष कार्तिक ४ गते सिलान्यास भएको सुरुङमार्ग १४ महिना पछि हिजो पुष ७ गते मङ्गलबारबाट सुरुङमार्ग खन्ने कामको थालनी भएता पनि निर्धारित समयमा सुरुङमार्ग सम्पन्न हुने अवस्था छैन । एकातिर कोरोना भाइरस संक्रमणको कारण काम गर्न ढिलाई भएको थियो भने अहिले देशको विकशित राजनीतिक घटनाक्रमले पनि प्रभाव नपार्ला भन्न सकिंन्न ।
नेपाल सरकारको करिब ६ अर्ब लगानी र जापान सरकारको १६ अर्ब ऋण सहयोग गरी झण्डै २२ अर्ब रुपैयाँ लगानीमा निर्माण सम्पन्न हुने यो आयोजना सम्पन्न भए पश्च्यात् नागढुङ्गामा हुने जामको अन्त्य हुने अपेक्षा गरिएको छ । यो सुरुङमार्ग तयार भएपछि करिब ८ किलोमिटरको दुरी घटेर २ दशमलब ६८ किलोमिटरमा पार गर्न सहज हुने छ । आयोजना स्थलमा सुरुङ्ग खन्नका लागि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने कार्य पूरा भइसकेको छ ।
उक्त सुरुङ्मार्गको निर्मण गर्ने जिम्मा जापानको हाज्मा एन्दो कर्पोरेसनले लिएको छ । ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट सुरुङ खन्ने काम हुनेछ । कुल लम्बाई २ दशमलव ६८ किलोमिटर लम्बाइ रहेको उक्त सुरुङमार्गको चौडाई भने ३ दशमलव ५ मिटर रहने छ । यो सुरुङमार्गमा दुई लेन हुनेछन् । यस्तै अत्यावश्यक रेस्क्युका लागि समेत छुट्टै एक्सिस रोड पनि निर्माण हुने आयोजनाले जनाएको छ ।