krishna.jpg

काठमाडौँ –नेपाली राजनीतिमा निष्ठा, त्याग र सत्यवादिताका पर्याय मानिने नेता भट्टराईको १० वर्ष पहिले अर्थात वि.सं.२०६७ फागुन २० गते निधन भएको थियो । तिनै सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९७ औँ जन्मजयन्ती आज मनाईँदै छ । आज परेको उनको जन्मदिनलाई विशेष रुपमा मनाउने गरिएको भएतापनि यो वर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रम भएका छैनन् ।

ललितपुरको बाँडेगाउँमा रहेको किसुनजी आश्रममा विगतका वर्षमा उनको जन्मजयन्तीमा विशेष कार्यक्रम हुने गरेको थियो ।तर कोरोना महामारीका कारण यो वर्ष विशेष कार्यक्रम नभए पनि आश्रममा बस्दै आएकी अमिता कपालीसहित सन्त नेता भट्टराईका शुभचिन्तकहरुले त्यहाँ रहेको प्रतिमामा माल्यार्पण तथा दीप प्रज्वलन गरेका छन् ।