shankar pokharel photo.jpg

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डको समुहले यतिबेला प्रदेश र जिल्लास्तरका आफु निकट नेता र कार्यकर्ताहरुलाई बोलाउँदै भेला गर्न थालेका छन् ।

यसैसन्दर्भमा आज पुष ८ गते प्रधानमन्त्री ओली पक्षबाट काठमाडौंमा लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ताको भेला सुरु भएको छ । हिजो प्रधानमन्त्रीले बालुवाटारमा बोलाउनु भएको केन्द्रीय कमिटीको बैठकबाट केन्द्रीय कमिटीमा नयाँ मनोनित र पुराना गरी ओली पक्षीय नेकपामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने ३ सय ३८ जना केन्द्रीय सदस्यको भेला बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा जारी छ ।

सो भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरले, अर्थ मन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेल तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले सम्बोधन गरेका छन् । संसद विघटन पछि दुई चिरा भएको नेकपाको ओली पक्षले आजै सातै प्रदेशमा आफ्ना निकटका नेता कार्यकर्ताहरुलाई भेला गरी छलफल अघि बढाएको छ ।