china.jpg

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गिर्दो अवस्था र आन्तरिक कहलका कारण संसद विघटन भएपश्चात् चीनले आफूलाई नेपालको राजनीतिक घटनाक्रमबाट अलग रहेको देखाउन खोजेको छ । ग्लोबल टाइम्सले भनेको छ ‘चीनले नेपालको आन्तरिक मामिलामा कुनै पनि प्रकारको दखल दिएको छैन र दिने छैन ।’ अरु कुनै देशको मामिलामा पनि चीनले दखल नदिने कुरा ग्लोबल टाइम्स पत्रिकाले उल्लेख गरेको छ । चीन सरकारको आशा छ कि ! नेपालले चाँडो परिवर्तन नहुने स्थायी सरकार पाउने छ, जसबाट सबैलाई राम्रो हुनेछ । स्थायी सरकारको सकारात्मक प्रभाव चीन–नेपाल सम्बन्धमा पनि पर्ने छ ।’

वास्तवमा भन्दा नेपालमा सत्तारुढ पार्टी यो होस् भन्ने चीनको चाहना छैन,चीन सरकारको एउटै मात्रै चाहना यो छ कि नेपालमा स्थायी सरकार होस् ।’ चीनले नेपालका कुनै पनि सत्तारुढ पार्टीमाथि दबाब, सहायता वा कुनै कुराका लागि बाध्य पारेको छैन । ग्लोबल टाइम्सले नेपालमा सत्तारुढ पार्टीमा आएको दरारले राजनीतिक स्थायित्वलाई छाँयामा पारेको उल्लेख गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरुले बारम्बार नेपाल–चीन सम्बन्धलाई उत्तेजित पार्ने प्रयास गर्ने गरेको ग्लोबल टाइम्सले आरोप लगाएको छ । यसअघि पनि ग्लोबल टाइम्सले नेपाल–भारत सीमाको विषयलाई लिएर भारतीय सञ्चारमाध्यमले नेपाली कांग्रेसको सहयोगमा चीन विरोधी सामग्री प्रकाशित तथा प्रसारित गरेको अभियोग लगाएको थियो ।

चीनले खेलेको सहकार्यात्मक भूमिकालाई नेपालको आन्तरिक मामिलामा दिइएको दखलका रुपमा व्याख्या गरिनु हुँदैन । भारतले चीनमाथि लगाउँदै आएको दखलको आरोप आधारहिन छ ।