cricate women photo.jpg

सुदीप श्रेष्ठ

दाङं — दाङको लमहीमा पुष ११ देखि सञ्चालन हुन लागेको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटका लागि प्रदेश १ को टोली घोषणा भएको छ । महिला राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्रीको कप्तानीमा हिजो मंगलबार प्रादेशिक क्रिकेट संघ, प्रदेश नम्बर १ क्रिकेट संघले टोलीको घोषणा गरेको हो । थापा, ज्योति दनुवार, निशा शाहलगायतका छन् । प्रदेश १ को टोलीमा काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, संगीता राई, सबनम राई जस्ता राष्ट्रिय टिमका क्रिकेटरहरु रहेका छन् । यस्तै टिमको अन्य खेलाडीमा ज्योती दनवर निगिमा तामाङ शिना शाह लकिता राजवंशी एलिशा खडिया स्मृति कटवाल संगम तामाङ र जमुना कार्की छन् ।

उक्त प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रदेश नम्बर १ समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।