माधव नेपाललाई पार्टी अध्यक्षमा चयन

माधव नेपाललाई पार्टी अध्यक्षमा चयन

काठमाडौं — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३ सय १० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो । यसैगरी उक्त बैठकले माधव नेपाललाई पार्टी अध्यक्षमा चयन गरेको छ ।