Bimal-Gharti-Magar 2077.jpg

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर बन्द्र प्रशिक्षणका क्रममा गम्भीर घाइते भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको बन्द प्रशिक्षणमा उनको घुँडामा चोट लागेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बिमलको घुडाको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि बिमलले कतिसमय आराम गर्नु पर्ने भन्ने कुरा पछि मात्र थाहा हुने जनाइएको छ । यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा परेका थिए । लामो समयको पर्खाइपछि बन्द प्रशिक्षणमा फर्किएका बिमल पछिल्लो समय मछिन्द्र क्लबमा आबद्ध छन् ।