oman.jpg

काठमाडौँ— नयाँ र बढी सङ्क्रामक प्रजातीको कोरोना भाइरस फैलिरहेको भन्दै ओमानले सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडान एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । ओमानस्थित नेपाली दुतावासका अनुसार ओमान जाने र ओमानबाट उडान हुने सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडानका साथै स्थल मार्ग पनि बन्द गरिएको छ । यसअघि साउदी अरबले पनि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडान एक साताका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणमा एक साताका लागि बन्द गरिएको र स्थितीको मुल्याङ्कन गरेर आगामी दिनहरुको निर्णय गरिने ओमान सरकारका अधिकारीको भनाई उदृत गर्दै त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ ।