Nepali-Congress-Party-Office.jpg

काठमाडौं— पार्टी कार्यलय सानेपामा बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनी साउद र नारायण खड्काले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उक्त बैठकमा बोल्ने नेताहरुले ‘प्रधानमन्त्री ओेलीको संसद् विघटनको कदमविरुद्ध’ आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् । ओेलीको असंवैधानिक कदमसँग कुनै तहको सम्झौता गर्न नहुनेमा वरिष्ठ नेता पौडेलले जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले चौतर्फी घेराबन्दी हुँदा थप असंवैधानिक कदम चाल्न सक्ने भएको भन्दै पार्टी सचेत हुनुपर्नेमा जोड दिएका छन् । काँग्रेसले अर्काे बैठक भोलि बुधबार दिउँसो १ बजेलाई बोलाएको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध तिब्र विरोध गर्दै आएको छ ।