Prachanda photo.jpg

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाहाल–नेपाल पक्षीय नेताहरुले आफ्नो पक्षमा दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य रहेका कारण आफ्नो बैठक आधिकारिक रहेको बताएका छन् । नेकपाका अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालद्वारा आयोजित केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल आफूसँगै आउने दाबी गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय सदस्यहरुको भेला नौटंकी र अवैधानिक रहेको पनि केन्द्रीय कमिटी सदस्यहरुसँग बताएका छन् । केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्दै साधारण सदस्यताबाट पनि हटाउने र अर्का नेता माधव कुमार नेपाललाई अध्यक्षमा चयन गर्ने बुझिएको छ ।