sun.jpg

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३ सय रुपैँयाले घटेको छ । हिजो सोमबार प्रतितोला रु ९५ हजार २ सय रुपैँयामा कारोवार भएको छापावाला सुन आज प्रतितोला रु ९४ हजार ९ सय रुपैँयामा कारोवार भएको छ । यस्तै तेजाबी सुन आजको लागि प्रतितोला रु ९४ हजार ४ सयमा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन प्रतितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो । यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३ सय २० रुपैँयामा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३ सय १५ मा कारोवार भएको छ ।