अब एमाले ब्युँतिन नसक्ने र चुनाव चिह्नमा आफ्नो पनि हक रहने - नेता माधवकुमार नेपाल

अब एमाले ब्युँतिन नसक्ने र चुनाव चिह्नमा आफ्नो पनि हक रहने – नेता माधवकुमार नेपाल

काठमाडौं– विभाजनको सङ्घारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधरको बबरमहल स्थित कार्की बैंकेटमा भएको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्ने विषय पनि कार्यसूचीमा राखेको छ । बैठकले स्थायी समितिको पुस ५ गतेको निर्णयलाई अनुमोदन गर्ने र रिक्त रहेको अध्यक्ष पदमा पदपूर्ति गर्ने पनि कार्यसूचीमा उल्लेख छ । बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने बुझिएको छ ।

यसैगरी पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी समिति सदस्यमा चयन गरिएकोमा त्यसलाई अनुमोदन गर्ने र संसद् विघटनको विरोधका कार्यक्रमहरु तयगर्ने पनि केन्द्रीय कमिटीको कार्यसूचीमा उल्लेख छ । बैठकमा बोल्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले अब एमाले ब्युँतिन नसक्ने र चुनाव चिह्नमा आफ्नो पनि हक रहने बताएका छन् ।