Bamdev-Badal-2077.jpg

काठमाडौं — सत्तारुढ दल नेकपाका ओली र दाहाल—नेपाल दुवै पक्षतिर जान अन्कनाइरहेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैँसेपाटी पुगेका छन् । उपाध्यक्ष गौतमले सोमबार आफू ओली पक्ष र दाहाल—नेपाल पक्ष दुवै गुटतिर नजाने उल्लेख गर्दै विज्ञप्ति सार्वजनिक गरेका थिए । आज मङ्गलबार दिउँसो उनीहरुबीच कुराकानी जारी रहेको बादलनिकट एक नेताले जानकारी दिएका छन् ।

ओली पक्षधर नेकपाका केन्द्रीय सदस्यहरुको भेला बालुवाटारमा आज बिहान भएको थियो भने दाहाल—नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको भेला आजै दिउँसो बबरमहलमा चलिरहेको छ ।