nerwachan.jpg

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पु¥याएको छ ।

निर्वाचन आयोगका एक आयुक्तका अनुसार केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धी पत्र निर्वाचन आयोगमा आइपुगेको र केन्द्रीय सदस्यहरूको सूची पनि साँझसम्म पठाउने जानकारी पाएका छौं भनेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको ओली समूहको बैठकले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । ओली समूहका एक नेताका अनुसार महाधिवेशन आयोजक समितिका सदस्यहरुको सूची तयार गरिँदैछ ।

यस्तै, २ मंसिर २०७८ मा महाधिवेशन गर्ने र पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाइ प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोक्ने निर्णय गरेको ओली समूहले जनाएको छ ।