1020 samsad bhawan photo.jpg

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको संसद भवन बानेश्वरमा बसेको बैठकले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष निकालदै तत्काल संसद्को अधिवेशन बोलाउन माग गरेका छन् । बैठकमा उपस्थित सांसदहरुले विघटन गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्री र राष्ट्रपतिसँग आग्रह पनि गरेका छन् । ‘यो अधिकार प्रधानमन्त्री र राष्ट्रपतिसँग छैन,’ तसर्थ संसद् विघटनको प्रस्ताव फिर्ता लिंदै संसद्को अधिवेशन बोलाउनुपर्ने निर्णय गरेका छन् ।

पार्टीको एकतालाई संसद विघटनको घटनाले कमजोर हुन नसक्ने उल्लेख गर्दै सांसदहरुको बैठकले पार्टीलार्ई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । संसद विघटनको कदमबिरुद्ध एक भएर अघि बढ्नसमेत सांसदहरुले प्रतिवद्धता जनाएका छन् । आजको उक्त भेलामा पार्टी उपाध्यक्ष समेत रहेका राष्ट्रियसभाका सांसद् बामदेव गौतमको भने उपस्थिति थिएन ।