women sports 2077.jpg

काठमाडौं । महिलाको क्रिकेटको राष्ट्रिय प्रतियोगिता पुष ११ गतेदेखि गर्ने भएको छ । महिला क्रिकेटको प्रतियोगिता सम्पन्न भए पछि पुरुषको क्रिकेट प्रतियोगिता हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ । क्यानले प्रधानमन्त्र(पीएम) राष्ट्रिय पुरुष क्रिकेट र महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता एकै साथ गर्ने तयारी गरेता पनि पहिलो चरणमा महिला क्रिकेटको प्रतियोगिता सञ्चालन हुने भएको छ । पुरुष क्रिकेटको प्रतियोगिताको मिति तय भएको छैन । महिलाको प्रतियोगितामा दाङमा हुनेछ ।

अहिले धमाधम जिल्ला र प्रदेश स्तरको छनोट प्रतियोगिताहरु भइरहेको छ । लुम्बिनी प्रदेशले आफ्नो महिला टिम नै तयार पारिसकेको छ । प्रदेश २ को महिला प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पुरुषको प्रतियोगिता केही पछि हुने जानकारी दिए । ‘पहिला महिलाको पीएम कप हुन्छ । महिलाको २१ गतेसकिने र त्यसपछि मात्र पुरुषको प्रतियोगिता आयोजना गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नवसञ्चार अनलाईनलाई जानकारी दिएका छन् । केही चन्दले प्राविधिक कारणले गर्दा पुरुषको प्रतियोगिता केही ढिलाइ हुन गएको र महिला क्रिकेट सकिना साथ पीएम कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद राखेपको आर्थिक सहयोगमा पीएम कप राष्ट्रिय प्रतियोगिता हुँदै आएको थियो । यस पटक राखेपबाट तत्काल बजेट प्राप्त नहुने र बिना बजेट प्रतियोगिता आयोजना गर्नुपर्ने हुँदा क्यानले पुरुषको प्रतियोगिता करिब दुई साता जति सार्न लागेको बताइएको छ । पुरुषको पीएमकप काठमाडौंमा हुने तयारी छ । जहाँ सात प्रदेश र तीन विभागसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । क्यान निलम्बनमा हुँदा राखेपले पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुरुआत गरेको थियो । पहिलो संस्करणमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिसले उपाधि बाँडेका थिए । दोस्रो संस्करण एपीएफ र तेस्रो संस्करण नेपाल पुलिसले जितेको थियो ।