PM oli.jpg

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै पाँच वर्षका लागि जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारेकोले ताजा जनादेशका लागि संसद् भङ्ग गर्नु परेको जिकिर गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो बचाउ गर्दै जनादेश राजनीतिक स्थायित्वका लागि भए पनि तर्कहीन विवाद र गतिरोध उत्पन्न भएका कारण यो परिस्थिति सिर्जना हुन पुगेको भन्दै सरकारलाई जनअपेक्षा अनुरुप काम गर्न नइि असफल बनाउन विभिन्न बार्गेनिङ गरेकोले संसद भङ्गगरी नयाँ जनादेशमा जानलागेको दावी समेत गर्नु भयो ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकार गठन भएको एक वर्ष नपुग्दै देश बाहिर गएर अस्थिरताको सन्देश दिएको आरोप लगाउनु भएको छ । प्रधानमन्त्रीले हिजो पुष ५ गते आइतबार संविधानको बर्खिलामा संसद् विघटन गरेको भन्दै चौतर्फी रुपमा चर्को विरोध भै छ । संसद् विघटनको विरुद्धमा आज सर्वोच्च अदालतमा समेत ८ बटा मुद्दा दायर भएका छन् ।